कञ्चनपुर– कञ्चनपुरको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले भीमदत्त नगरपालिका–१० बाट बेवारिसे अवस्थामा रहेका भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरी टोलीले शनिबार विहान भिमदत्त–१० काठेपुल स्थितबाट भारतबाट अबैध रुपमा भन्सार छली ल्याइएको सामान बरामद गरेको हो ।
चप्पल, हार्डवेयरका सामानहरु, वाईरिङको सामान, कपडा, बिडी र अन्य सामान गरी २ लाख ४ हजार २७० बराबरको सामान बरामद गरिएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको छ ।














