• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, भदौ ३१, २०८३
☰
बुधबार, भदौ ३१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

भारतीय मलकै भरमा खेती

  •   बिहिबार, साउन ११, २०८० मा प्रकाशित

टीकापुर- यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन्। कैलालीको टीकापुर नगरपालिकाका-६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन्।

‘रोपाइँ सकिंदासम्म पनि मल पाएका छैनौं’, टीकापुर-८ का श्यामलाल चौधरीले भने, ‘सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौं। बाध्य भएर भारतबाट ल्याएर प्रयोग गरेका छौं।’ भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती कस्तो पो हुन्छ भन्ने चिन्तामा छन्।

चौधरीले भने,‘सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाइएन।’ सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष किसान खेती गरौं कि नगरौं भन्ने दोधारमा थिए। बर्सेनि बाढीले क्षति पुर्‍याउँदा दिक्क भएका किसान मल नपाएपछि झन् निरास भएका थिए।

‘जहिल्यै बाढीको त्रास हुन्छ, अघिल्ला दुई वर्ष धानबाली सबै बाढीले बगायो, मल नपाएपछि खेती गर्न मन मरेको छ।’, स्थानीय शेरबहादुर साउँदले भने,‘सात बोरा डिएपी र सात बोरा युरिया मलको खाँचो थियो तर एक बोरा पनि पाइएन। भारतबाट ल्याएर प्रयोग गरे।’

टीकापुरमा सबैभन्दा बढी धान खेती हुने वडा ६, ७, ८ र ९ नम्बर हुन्। यी वडामा पाँच सहकारीले मल बिक्री गर्ने गरेका छन्। यसरी सञ्चालित सहकारीले आवश्यक मल नपाएको जनाएका छन्।

‘सहकारीले पर्याप्त मल नपाएपछि किसानलाई उपलब्ध गराउन सकेनौं’, वडा नम्बर ६ स्थित लक्ष्मीनारायण सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतले भने, ‘२५ प्रतिशत मात्र मल पायौं।’

लक्ष्मीनारायण सहकारीले यस वर्ष नौ सय ५० बोरा युरिया, तीन सय ५० बोरा डिएपी र एक सय क्विन्टल अर्गानिक मल किसानलाई उपलब्ध गराएको थियो। उक्त मल अघिल्लो वर्षको तुलनामा आधा मात्र हो। ‘सहकारीले नै मल नपाएपछि किसानले पाउने कुरै भएन, अघिल्लो वर्षभन्दा आधा मात्र मल आयो’, कडायत भन्छन्, ‘मल ल्याउने प्रयासमा छौं।’

मल नभएकै कारण झार बढी उम्रेको किसानको गुनासो छ। झार मारेर डिएपी हाल्न पाएको भए धानबाली सप्रिने थियो भन्दै किसान मल खोज्न भौतारिएका छन्।

भजनी र जोशीपुरका किसानले पनि नेपाली मल नपाएपछि भारतबाट मल ल्याउनुपरेको गुनासो गरेका छन्। स्थानीय युवासिंह ठकुरीले भने, ‘भारतबाट तस्करी गरी ल्याएको मलको भर हुँदैन, तैपनि प्रयोग गर्नु हाम्रो बाध्यता छ।’

अघिल्लो पटक भारतको मलमा विश्वास गर्दा कतिपय किसान ठगिएको ठकुरीले बताए। ‘सरकारले समयमै मल उपलब्ध नगराउँदा किसानले भारतबाट मल ल्याएर काम चलाउने गर्छन्, यसरी मल ल्याउँदा प्रहरीले सताउने गरेका छन्’, उनले भने, ‘यसपटक सीमामा प्रहरी र किसानबीच हात हालाहालको अवस्था आयो।’

भजनीका कतिपय वडामा चैते धान खेती हुने गरेको छ भने बर्सातमा बाढीका कारण खेती हुँदैन। जोशीपुरका सुकदेव चौधरीलाई पनि यसपटक खेती गर्न मल पाउन निकै सकस भयो। उनले स्थानीय सहकारीमा मल नपाएपछि भारतको तिकुनीयाबाट मल ल्याए।

‘मलाई १४ क्विन्टल मल आवश्यक थियो’, उनले भने, ‘सीमामा निकै कठिनाइ झेलेर, क्यारिङ गर्नेको सहयोगमा पाँच दिन लगाएर मल पाए। यसरी दुःख र तनावमा कति दिन खेती गर्न सकिएला भन्ने लागेको छ।’

किसानलाई धान खेती हुर्किएपछि पनि मल आवश्यक पर्छ। तर,अहिले पनि मल अभाव छ। किसानका लागि आवश्यक मल र बीउ सहजै उपलब्ध हुनुपर्छ। मल, बीउ र सिँचाइजस्ता कुरा सहज भए उत्पादन वृद्धि गर्न तथा किसानलाई कृषितर्फ आकर्षित गर्न सकिन्छ।

  • मल
बिहिबार, साउन ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार
सुदूरपश्चिममा जेनजी आन्दोलनका बेला भागेका ३१८ कैदीबन्दी फर्किएनन्

समाचार

सबै

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.