कञ्चनपुर- कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाबाट भन्सार छलीका सामान बरामद गरेको हो।
भारतबाट भन्सार छली ल्याएका करिब पाँच लाख पाँच हजार तिन सय पचास मुल्य बराबरका मोवाईलका स्क्रिन कार्ड, मोवाईलका कभर, मोवाईल चार्ज, डाटा केबल, सोलार बल्ब, जुत्ता, सुट, साडी लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले जनाइएको छ ।














