• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
☰
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १८ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ६. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ७. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

महाकाली पुलको काम रोकियो

  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित

कञ्चनपुर- बजेट अभावका कारण महाकाली पुल आयोजनाको काम बन्द भएको छ । गत वर्ष गरिएको कामको समेत भुक्तानी नपाएपछि निर्माण कम्पनीले काम रोकेको हो । ०७४ देखि निर्माण सुरु भएको पुल आयोजनाअन्तर्गत चार लेनको पक्की पुल निर्माण भइसकेको छ । गड्डाचौकीदेखि दोधारा चाँदनी नगरपालिकाको मलेरिया नालासम्म ८ किलोमिटर पहुँच मार्गको काम पनि अन्तिम चरणमा छ । यसैगरी पुलको दुवैतर्फ निर्माणाधीन गाइबन्ड (पोखरीको तटबन्ध) को काम पनि अन्तिम चरणमा छ ।

‘यो वर्षभित्रै काम सक्ने लक्ष्य छ, तर वजेट अभावले काम रोक्नुपर्ने अवस्था आयो,’ पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने, ‘गत वर्ष काम गरेको पनि भुक्तानी हुन बाँकी छ, यो वर्ष पनि धेरै काम भइसकेको छ, तर भुक्तानी बाँकी नै छ ।’ उनले तत्काल रकम भुक्तानी नभए काम रोक्न बाध्य हुनुपर्ने बताए ।

कामदारको भुक्तानीदेखि निर्माण सामग्री खरिदमा समेत समस्या भएको इन्जिनियर पाण्डेयले बताए । उनका अनुसार गत वर्षको ८ करोड र यस वर्षको १९ करोड गरी २७ करोड भुक्तानी हुन बाँकी छ । गत वर्ष २२ करोडको काम भएको थियो । जसमध्ये यस वर्षको बजेटबाट १४ करोड भुक्तानी भएको छ ।

यस वर्ष १९ करोडको काम भए पनि भुक्तानी नभएको उनले बताए । पुल निर्माणका लागि ३ अर्ब ६६ करोडमा ठेक्का सम्झौता भएको हो । डिजाइन परिवर्तन भएपछि भेरिएसन गर्न बाँकी छ । हालसम्म भौतिक प्रगति ९५ प्रतिशत र वित्तिय प्रगति ८३ प्रतिशत भएको पाण्डेयले बताए ।

अहिले पहुँच मार्गअन्तर्गत पुलको दुवैतर्फ १२ सय मिटर र गड्डाचौकीनजिकै २ सय मिटर गरी १४ सय मिटर मात्रै कालोपत्र गर्न बाँकी छ । गाइडबन्डको काम पनि दोधारा चाँदनीतर्फको बाँधमा कंक्रिक ब्लक बिछ्याउन मात्रै बाँकी छ । ‘अब काम धेरै छैन, पोखरी निर्माण र पहुँच मार्ग दुवै अन्तिम चरणमा छ,’ पाण्डेयले भने, ‘बजेट निकासा भएर दुईरतीन महिनामै सकिन्छ ।’

एकातर्फ बजेट निकासा भएको छैन । अर्कोतर्फ पुलको दुवैतर्फ ६ सय मिटर चौडा र २८ सय मिटर लम्बाइका समान दुई पोखरी निर्माण भइरहेका छन् । सुरुमा ठूलो ढुंगाले तटबन्ध निर्माण गर्ने डिजाइन थियो । तर ठूलो ढुंगा उपलब्ध नभएपछि प्लम्ब कंक्रिट (तार जालीमा ढुंगा भरेर माथि कंक्रिट ब्लक बिछ्याउने) को बाँध बनाउने गरी डिजाइन परिवर्तन भएको छ । तर उक्त डिजायन हालसम्म विभागबाट स्वीकृत भएको छैन ।

बर्खा नजिकिँदै गर्दा पहुँच मार्ग जोगाउनुपर्ने बाध्यता र नयाँ डिजाइन स्वीकृत गर्ने आश्वासनका कारण तत्काल काम सुरु गरिएको इन्जिनियर पाण्डेयले बताए र तर अहिले डिजाइन स्वीकृत नहुँदा समस्या भएको उनले बताए । गाइडबन्डको बेसको भने डिजाइन स्वीकृत भएको छ । ‘यो वर्ष बजेट निकै कम आयो, गत वर्षको पनि भुक्तानी गर्न सकिएन,’ महाकाली पुल आयोजनाका इन्जिनियर सविना रानाभाटले भनिन्, ‘बजेट अभावकै कारण काम रोकिएको छ ।’ उनका अनुसार निर्माण कम्पनीले कामदारहरूलाई ज्याला दिनसमेत रकम नभएपछि काम रोकेको हो ।

इन्जिनियर रानाभाटका अनुसार यस वर्ष पुल आयोजनामा १८ करोड बजेट आएको थियो । जसमध्ये १४ करोड गत वर्षको भुक्तानी गरिएको छ । ४ करोड अझै निकासा भइसकेको छैन । उनले दसैंतिहार अगावै भुक्तानी हुने सम्भावना पनि नभएको बताइन् ।

केही हदसम्म डिजाइन स्वीकृत नभएका कारण पनि बजेट निकासामा समस्या भएको उनले बताइन् । नदीको बीच भागमा ८ सय मिटर लम्बाइको पुल निर्माण भएको छ । दुवैतर्फ ६र६ सय मिटर नदीको भूभागमा पोखरी निर्माण गरेर नदीलाई बीचमा बगाउनुपर्ने हुन्छ । भीमदत्त नगरपालिकातर्फ नदीको बेग बढी हुने भएकाले पोखरीको गाइडबन्डलाई बाढी हान्न सक्ने हुन्छ । उक्त क्षेत्रमा गाइडबन्ड सुरक्षित राख्न स्परदेखि अन्य संरचनाहरू बनाउनुपर्ने हुन्छ । यसको डिजाइन अन्तिम नभइसकेकाले पास हुन नसकेको रानाभाटले बताइन् ।

निर्माणाधीन पुललाई दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पनि हेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका बेला तीन वर्षभित्र सुक्खा बन्दरगाह निर्माण गर्ने सहमति भएको छ । भारतले यसकै लागि आफ्नो क्षेत्रमा पहुँच मार्ग निर्माणको काम सुरु भइसकेको छ ।

 

  • महाकाली पुल
आइतबार, असोज २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सवारी ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ
कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

समाचार

सबै

सवारी ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सवारी ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १८ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ६.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.