धनगढी- प्रहरीले अबैध भन्सार छलिका सामान बरामद गरेको छ । अबैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका सामान धनगढीका बिभिन्न स्थानबाट प्रहरीले बरामद गरेको हो ।
धनगढी- २ चौराह नजिकबाट अन्दाजी ८५२० बराबरको प्याज,चिनी बिडी अचार धनगढी २ भन्सार नजिकबाट २५४१० मुल्य बराबरका चिनी,प्याज,नरीवल,सरफ,साबुन,स्याम्फु लगाएतका अबैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै भनगढी ८ अपि बिधानिकेतन स्कुल नजिकबाट अन्दाजी १,६४,००० बराबरको सुटपिस थान ११४ र मोटरसाईकल थान १ गरि जम्मा अन्दाजी रु १,९७,९३० बराबरको सामान आईतबार प्रहरी गस्ती टोलीले बेबारीसे अबस्थामा फेलापारी आबश्यक प्रकृया पुरा गरी नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी ले जनाएको छ ।
लागुऔषधसहित एक जना प्रकाउ
धनगढी प्रहरीले लागु औषध सहित एक जना प्रकाउ परेका छन । कैलारी गा.पा. ३ शिबरत्नपुरबाट लागु औषध सहित बर्ष २८ का सुरज लौकुस्मलाई आईतबार दिउँसो प्रहरीले प्रकाउ गरेको हो । उनको साथबाट १ ग्राम ९५० मिलीग्राम लागु औषध खैरो हिराईन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ । ईलाका प्रहरी कार्यालय र कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाच गर्दा निजको साथबाट उतm पदार्थ फेलापारी र निजलाई प्रकाउ गरी प्रहरी ले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
अबैध काठ बरामद
धनगढी प्रहरीले अबैध काठ बरामद गरेको छ ।
कैलालीको जानकी गा.पा. ९ मतिया स्थित पश्चिम तर्फको खाली जग्गामा साल जातको ३८.७ क्यु फी गोलीया थान ५ आईतबार दिउँसो प्रहरीले बरामद गरेको हो । बरामद गरीयको उक्त काठलाई आबश्यक प्रकृया पुगाई टिकापुर सब डिभिजन बन कार्यालयलाई बुझाउने पहल भईरहेको प्रहरी जनाएको छ ।














