कञ्चनपुर- कञ्चनपुरबाट तीन लाख ७९ हजार बढीको अवैध सामान बरामद गरिएको छ । जिल्लाका बिभिन्न स्थानबाट भारतबाट भन्सार छलि ल्याएको तीन लाख ७९ हजार ६ सय मुल्य बराबरको अवैध सामान बरामद गरेको हो ।
भिमदत्त नगरपालिका–६ सुकासालबाट एक लाख २६ हजार ६ सय बराबरको चिनी, मिठाई, खानेतेल, दाल, सुर्ती, पेय पदार्थ, प्लाष्टिक, कम्प्युटर पेपर लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै पुनर्वास नगरपालिका–६ र ११ मनकामना टोल र ईटा भट्टा नजिकबाट एक लाख ६२ हजार ८ सय बराबरको प्याज,आलु, बिडी, सुर्ती, पेय पदार्थ, जेन्स दाउरा सुरुवाल लेडिज कुर्ता सुरुवाल, बच्चाको फराक लगायतका सामानहरु बरामद गरिएको छ ।
जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटबाट ९० हजार दुई सय बराबरको चिप्स, गावा जुस, जुस, चक्लेट, गुडपट्टि, मल–खाद, खाने तेल, बिस्कुट, बुमबुम, डिउ, साईकल लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।














