धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-३ चौराहाबाट अबैंध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी २६ हजार ४९० मूल्यको प्याज, चिनी, बिडी, मिठाई, साबुन,स्याम्पु लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै भजनी नगरपालिक-८ कृष्णनगरबाट ४० हजार मूल्यको प्याज,चिनी, स्प्राईड र टिकापुर नगरपालिका-९ जिरो प्वाईन्टबाट अन्दाजी ३८ हजार ५०० को प्याज, प्लाष्टिकको जाली आइतबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका-११ चौकीसत्ता र दोधारा चाँदनी नगरपालिका-८ जनज्योति टोल नजिकबाट अबैंध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका २४ हजार ५० बराबरको भिन्डी, खुर्सानी, बैगुन, मटर, कागती, होलीको रंङग, गाजर लगायतका सामान आइतबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको हो।













