धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको विभिन्न स्थान धनगढी-२ ट्राफिक चौराहा नजिकबाट र गोदावरी-१ मनहराबाट अबैंध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका सामान बरामद गरिएको हो।
उक्त स्थानबाट अन्दाजी ९१ हजार ४४० मूल्यको प्याज, सुर्ती, साडी, लेडिज सुट लगायतका सामान आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।
यसै गरी कञ्चनपुरको बेलौरी-८ कलकत्ताबाट अबैंध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका १९ हजार ६ सय मूल्यको आलु, सिद्रा माछा, साइकल लगायतका सामान आइतबार प्रहरी चौकी पचुईबाट खटिएको टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।














