धनगढी- कैलालीको धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो।
शनिवार साँझ साढे ६ बजे प्रहरी टोलीले सामान बरामद गरेको हो। करिब ४९ हजार मूल्य बराबरको ७० पिस महिला सुट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।














