धनगढी- कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ लब्लीचोकमा प्रहरीले लाखौ मूल्यको अवैध सामान बरामद गरेको छ । कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान प्रहरी टोलीले भारतबाट भन्सार छलेर भित्राइएको १२ लाख नौ हजार मूल्य बराबरको कुर्ति, साडी, कुर्ति सेट लगायतका व्यापारिक सामग्री र सुपप ०१००१ से ४७७९ नम्बरको अटोरिक्सा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार अटोरिक्सा र सामान बेवारिसे अवस्थामा फेला परेको थियो । बरामद भएको सामान कैलाली त्रिनगर भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।













