धनगढी – प्रहरीले कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध भन्सार छलिका सामान बरामद गरेको हो ।
जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका विभिन्न ठाउँबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब ७० हजार ९ सय ९० रुपैयाँ बराबरको चिनी, पेय पदार्थ,बिडी, सुर्ती, स्याम्पु, ब्याट्री, चप्पल, खाने तेल, नरिवल, दोपट्टा, सुटपिस, थान कपडा,लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।














