धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध भन्सार छलिका सामान बरामद गरेको छ । शुक्रबार प्रहरीले ती जिल्लाबाट अवैध भन्सार छलिका सामान बरामद गरेको हो ।
कैलालीको धनगढी धनगढी उपमहानगरपालिका र गोदावरी गोदावरी नगरपालिकाका विभिन्न स्थानबाट अवैधरुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु.९८ हजार ५७६ बराबरको प्याज, चिनी, मिश्री, कुर्ती, प्लाजु, कुर्ता सुरवाल, चप्पल, सारी, बच्चाको कपडा, मोटरको ब्याट्री, पंखाको ब्याट्री, व्यारिङ, स्वल्डर वयर तारलगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ गुम्बाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु.८४ हजार बराबरको लेडिज कुर्ता सुरुवाल, धोती लगायतका सामानहरु प्रहरी चौकी परासनबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।














