धनगढी- प्रहरीले कैलालीबाट अवैध भन्सार छलिका सामान बरामद गरेको छ । आइतबार प्रहरीले जिल्लका विभिन्न ठाउँबाट भन्सार छलिका सामान बरामद गरेको हो ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१ जिल्ला प्रशासन कार्यालय नजिक र वडा नं. २ ट्राफिक चौराहबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु.२३ हजार ९ सय ५० मुल्य बराबरको प्याज, बिडी, सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।














