धनगढी- प्रहरीले कञ्चनपुर र कैलालीबाट पाँच लाख ७३ हजारका अवैध भन्सार छलीका सामान बरामद गरेको छ । सोमबार जिल्लाका विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको हो ।
कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरि ल्याइका मोजा,अण्डरवेयर,साइकलको ट्युव, बोइलर कुखुरा, बीउ–बिजन, प्लाष्टिक, चिनी, चियापत्ती,बिंडी,सलाइ, बिषादी,घाँसको बीउ, खानेतेल, नमकिन लगायतका अन्दाजी रु. ३ लाख ५९ हजार ४५० बराबरको सामानहरु बरामद गरि आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जनाइएको छ ।
त्यस्तै कैलालीका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरि ल्याएका कुर्ता–सुरवाल कपडा, चिनी, प्याज, डिस्पोजल गिलास, सलाई, डेरिमिल्क, सेतो पेडा, सुर्ती,कुर्ती, पास्ता, सरप लगायतका अन्दाजी रु.२ लाख १३ हजार ५९० बराबरको सामानहरु बेवारिसे अवस्थामा बरामद गरेको तथा सो सम्बन्धमा आवश्यक कार्वाही भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।














