धनगढी- कैलालीबाट प्रहरीले रु.२ लाख २७ हजार ५२२ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । शनिबार जिल्लाका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरेको हो ।
जिल्लाको विभिन्न ठाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका प्याज, चिनी, पास्ता, खानेतेल, खुर्सानी,नरिवल, सुर्ती, मिठाई, चक्लेट, धागो, किसमिस लगायतका सामानहरु बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि उक्त सामानहरु नियन्त्रणमा लिएको जनाइएको छ ।













