धनगढी- प्रहरीले कैलालीका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरेको छ ।
आइतवार जिल्लाको धनगढी उपमहानगरपालिका–४ शहिद गेट, वडा नम्बर–९ बाङग्रा कटान, वडा नं. १८ को आदर्श चोक नजिक र टीकापुर नगरपालिका–४ अस्नेरी स्थित भित्री सडकखण्ड, वडा नम्बर–८ कमलगाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु २ लाख २० हजार २ सय बराबरको सामान बरामद गरेको हो।
उक्त मूल्य बराबरको प्याज, चिनी, खाने तेल, कुर्ती, सारी, पापड, खुर्सानी, बोईलर कुखुरा, एक थान मोटरसाइकललगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।













