धनगढी- प्रहरीले कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरेको छ । बिहीबार जिल्लाका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरेको हो ।
जिल्लाको भीमदत्त नगरपालिका–९ मिलनचोक र पुनर्वास नगरपालिका–११ गुम्बाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु २ लाख ६३ हजार ९ सय मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त स्थानबाट चिनी, गाडीमा प्रयोग हुने हाइड्रोलिक हेड, एलिभेट, नोजल, डेलिवरी भल्ब, हलोबोल्ट, भेल्युरिगिन, कोलोज, कन्ट्रोल भल्व, फ्युल पम्प, सर्बिस पार्टसलगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।














