धनगढी- प्रहरीले कैलालीका विभिन्न ठाउँबाट अवैध भन्सार छलीका सामान बरामद गरेको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, भजनी नगरपालिका–५ कर्मदेबघाट र जानकी गाउँपालिका–४ झबै पुलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु. ८७ हजार १०० बराबरको बिडी, सुर्ती,सुपारी, सुटपिस, ढोकाको लक, बच्चाको जुत्तालगायतका सामानहरु बुधबार बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।














