धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरेको छ । यी दुई जिल्लाका विभिन्न ठाउँबाट बिहीबार भन्सार छलीका सामान बरामद गरेको हो ।
कैलालीका विभिन्न ठाउँबाट भारतबाट भन्सार छली गरि ल्याएका रु. ५२ हजार २०० बराबरको प्याज, चिनी, साडी, फ्रक, कुर्ती, व्लाउज, इलाष्टिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएकबो छ ।
त्यस्तै, कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु. १ लाख ७६ हजार २०० बराबरको हेयरक्रिम, कस्मेटिक सामान, सुटपिस, थान कपडा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













