धनगढी- प्रहरीले कैलालीबाट अवैध भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट शुक्रबार प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो ।
जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला, भजनी नगरपालिका–३ ठेकीपुल नजिक र कनैयापुरबाट अवैध रुपमा भारतबाट भन्सार छली
गरि ल्याएका अन्दाजी मूल्य रु ९९ हजार बराबरको चिनी, लसुन, धोती, साडी, सुटपिस, ग्याँस पाइप, कराई, कचौरा, खेलौना लगायतका सामानहरु बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।














