धनगढी- वडादशै, दिपावली एवं छठ पर्वको अवसरमा धनगढी १३ कैलाली गाउँका जेष्ठ नागरिकले शुभकामना आदान प्रदान गरेका छन् । आज जेष्ठ नागरिक कार्यकारिणी समितिले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन बरिष्ठ समाजसेवी लक्ष्मीराज पन्तले गरे । उनले उद्घाटन गर्दै देश तथा बिदेशमा रहेका नेपाली नागरिकको दिर्घायु उत्तरोउत्तर प्रगतिको कामना व्यक्त गरेका थिए ।
जेष्ठ नागरिकले समाजलाई सहिमार्गमा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले वताए । धनगढी उपमहानगरपालिका वडा नं १३ का वडा अध्यक्ष बिजयराज जोशीले जेष्ठ नागरिकले गर्ने हरेक काममा आफ्नो सदैव सहयोग रहने बताए । उनले जेष्ठ नागरिकसँग सुझाव माग गरी आगामी बजेटमा माग सम्बोधन गर्ने बताए ।

जेष्ठ नागरिक कार्यकारिणी समितिका सल्लाहकार प्रेम ठकुल्लाले स्वागत मन्तव्य व्यक्त गर्दै जेष्ठ नागरिकले आप्mनो हकहितका लागी वडा कार्यालयसँग समन्वय गर्दै अघि बढ्ने बताए । उनले समाजमा आई पर्ने कठिनाई र युवावर्गलाई सहि दिशानिर्देश गर्न तथा उनीहरुलाई सहि मार्गमा डोर्याउन महत्वपूर्ण भुमिका खेल्दै अघि बढ्ने बताए ।

समितिका सचिव टेकराज भट्टले स्वागत कविताबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । समाजसेवी लोकराज पाण्डेयले समाजको कुरुति कुसंस्कार बिरुद्ध यो समितिले डटेर सामना गर्ने पनि उनले वातए ।

कार्यक्रममा वडा सदस्य हिरा राना,समाज सेवी सुरेश रिजाल योग गुरु धर्मराज अबस्थी, मदनराज रेग्मी समाजसेवी हरिश खडका,दिर्घराज भट्ट, छत्रराज जोशी, खडक राना,रोना राना, भोजराज भट्ट,ओम प्रकाश जोशी,कृष्णानन्द गिरी,तेजराज पन्त, भक्तराज जोशी,रामचन्द्र भट्ट, समाज सेवी ओम प्रकाश अग्रवाल, गोपाल शाही, धनबहादुर राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गणेश जोशीले गरेका थिए ।














