धनगढी- प्रहरीले कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरेको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–२ भासी र बेलौरी नगरपालिका–२ खैरेनीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ५२ हजार ५४० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सो मुल्य बराबरको मोबिल, ब्याट्री, सुटपिस लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।














