कञ्चनपुर । कञ्चनपुर जिल्लाका केही स्थानबाट प्रहरीले एक लााख ६२ हजार ९९० मुल्यको भन्सार छलेको सामान बरामद गरेको छ ।
भिमदत्त १० भन्सार रोड र ११ भुजेलाबाट सो मुल्य पर्ने सामान प्रहरीले बरामद गरेको हो ।
सो स्थानहरुबाट बिभिन्न किसिमका कपडा, हार्डवेयर,किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।














