कैलाली । सुदुरपश्चिमका दुइ जिल्ला बाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । कैलाली र कञ्चनपुरका केही स्थानबाट प्रहरीले सो सामान बरामद गरेको हो । कैलाली जिल्लाको धनगढी २ ट्राफिक चौराह र कैलारी ९ गदरीयाबाट भारतबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.७४,५००।– बराबरको प्याज, बिडी, साडी, कुर्ती, पाउडर, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै कञ्चनपुर जिल्लाको बेलौरी १ हनुमानथान र १० खेरेनी टोलबाट रु २४,७८०।– बराबरको पेय पदार्थ, खानेतेल, बिस्कुट, बिडी, सुर्ती
लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । सो सामान आईतबार साँझ बेवारिसे अबस्थामा फेलापारि नियन्त्रणमा लिएको प्रहरी कार्यालयहरुले जनाएको छ ।













