धनगढी । कैलाली जिल्लाका केही स्थानहरुबाट भन्सार छलीका सामान बरामद गरेको छ । भजनी ८ सरदारचोक, कैलारी ३ मोहनपुर र जोशीपुर १ पिपरकोटीबाट प्रहरीले सो सामान बरामद गरेको हो ।
रु १ लाख ३३ हजार ३५० बराबरको पेय पदार्थ, सुटपिस, कुर्ती, मेक्सि कपडा, चप्पल, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।














