धनगढी । कैलाली र कञ्चनपुरका बिभिन्न स्थानहरुबाट भन्सार छली गरेका ३ लाख वढी मुल्यका सामान प्रहरीले बरामद गरेको छ ।
बिहिबार साँझ धनगढी २ सिसा पोष्ट, ३ मिलनचोक, टीकापुर ८ खग्रौला राजापुर सडक खण्ड र जोशीपुर ३ लक्कडबाट मूल्य रु.१,०५,०००।– र कञ्चनपुरको पुनर्वास १० बिजय माध्यमिक बिद्यालय नजिकबाट मूल्य रु.२,२२,७००।–का सामान प्रहरीले बरामद गरेको हो ।
आइसक्रिम चापर, आइसक्रि डण्डा, सुर्ती, सुटपिस, धोती, कुर्ती, प्लाष्टिक झिल्ली, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै चना, सुनपापडी, चक्लेट, किरानाका सामान, भारतिय नम्ब र पिलेटको मोटरसाइकल थान-१ लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । हो ।













