धनगढी । कैलाली र कञ्चनपुरका केही स्थानबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
धनगढी ३ त्रीवेणीघाट, भजनी ६ नबलपुर, भजनी ७ हिम्मतपुर र कैलारी ७ पुरानो गाँउ तिर्धीबाट मूल्य रु.१,७१,६९०।– सामान र कञ्चनपुर, भिमदत्त ११ भुजेला र बेलौरी ४ शान्तिपुर नजिकबाट मूल्य रु.२,०४,२५०।– को सामान प्रहरीले बरामद गरेको हो ।
साडी, सुटपिस, कपडा सिलाई गर्ने मेसीन, काटा, बिडी, सुर्ति, सिद्रा माछा, प्लाष्टिक डोरी, , क्राप चैम्पियन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।














