धनगढी ।कंञ्चनपुरका केही स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
कञ्चनपुर जिल्लाको भिमदत्तन.पा. ११ भुजेला, भिमदत्त.न.पा.१० भन्सार कार्यालय नजिक, बेलौरी नगरपालीका १ फटैया, बेलौरी न.पा.१० दिपाघाट, बेलौरी न.पा.६ भुराकोट र बेलौरी न.पा. २ बैजुडाँडाबाट भारतबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.३,६२,७९०।– बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
सो स्थानबाट चिसो पेय पदार्थ, चिनि, गुड, सुटपिस, चप्पल, जुत्ता, बिजुलीका, हार्डवेयरका सामान, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।














