कैलाली । सुदुरपश्चिमका केही जिल्लाबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
सुदुरपश्चिमको कैलाली , कञ्चनपुर, वैतडीका बिभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो ।
कैलालीका केही स्थानबाट दुई लाख ४५ हजार २०० मुल्य पर्ने सामान , कञ्चनपुरबाट १० हजार १८५ र वैतडीबाट दशहजार मुल्य पर्ने छलीका सामान बरामद गरेको प्रहरी जानकारी दिएको छ ।
सो स्थानहरुबाट चिनि, चकलेट, पानीपुरी, सेरवानी सेट, टप्स,प्लाजु सेट, बच्चाको लेहेङ्गा, अण्डर ट्राउजर, दिपावली लाईट(झाल्लर लाईट), टेन्टको माथीको कपडा, प्लस्टिक झोला, स्पाईट, छिद्रा माछा, ऐना, चुरा, बिन्दी, टिका, क्रिम, काइयो, प्रफ्युम, गाजल, डिउ, मुमदाल, कुरकुरे, कैची, धोजा, अण्डा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।














