धनगढी । कैलाली र कंञ्चनपुरका बिभिन्न स्थानबाट भन्सार छलिका सामान प्रहरीले बरामद गरेको छ ।
कैलालीबाट १ लाख ३७ हजार दुई सय र कंञ्चनपुरबाट ३ लाख ६ सय ८५ मुल्यका सामान प्रहरीले बरामद गरेको हो ।
कैलालीको धनगढी २ एसपीय कलेज नजिक, भजनी ३ कांडा , कैलारी ३ मोहनपुरबाट मूल्य रु.१,३७,२००।– बराबरको चिनी, बिडी, पेय पदार्थ, सुटपिस, सुपारी, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।
त्यस्तै कञ्चनपुर जिल्लाको भिमदत्त ५ सुकाशाल र ११ भुजेलाबाट मूल्य रु.३,००,६८५।– बराबरको कपडा, टेपरोल, मिठाई,सुटपिस, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।













