धनगढी । कैलाली र कञ्चनपुरका केही स्थानबाट ७ लाख १३ हजार ५५० रुपैया भनसार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
शानिबार साँझ कैलालीका केही स्थानबाट दुई लाख ९८ हजार ५५० र कञ्चनपुरबाट चार लाख १५ हजार रुपैया मुल्यका सामान प्रहरीले बरामद गरेको हो ।
सो स्थानहरुबाट बिडी, सुर्ती, पान मसला, सुटपिस, कुर्ती, टप्स, कारमा प्रयोग हुने सेल ,कुखुराका चल्ला र साइकल थान-६लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय ,मातहतका कार्यालय तथा इलाका प्रहरी कार्यालयबेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा सामान फेला पारी बरामद गरिएको जनाएको छ ।













