धनगढी । कैलाली र कञ्चनपुरका केही स्थाहरुबाट भन्सार छलीका १४ लाख ३९ हजार पाँच सय ३५ रुपया मुल्य पर्ने समान प्रहरीले बरामद गरेको छ । बुधबार कैलालीबाट ६ लाख ८५ हजार र कञ्चनपुरबाट ७ लाख ५३ हजार ६२५ मुल्यको सामान प्रहरीले बरामद गरेको हो ।
सो स्थानहरुबाट चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।













