धनगढी । कैलालीका केही स्थानबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । कैलालीको धनगढी २,ट्राफिक चौराह ३ बिशाल नगर र टिकापुर ९ जिरो प्वाईन्टबाट भन्सार छलीका रु.१,८४,०००।– बराबरको धोती, लुङगी, साडी, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।














