कैलाली । कैलाली र कञ्चनपुरका केही स्थानबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । शुक्रबार धनगढी
३ फिस रिसोर्ट नजिक, ९ त्रिबेणिघाट र भजनी ३ कांडाबाट भारतबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.१,०१,९१०।– बराबरको दुध
पाउडर, सरप, सुर्ती, सिलिङ पङखा, पानीपुरी, चक्लेट, कुर्ती, सेट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै कञ्चनपुरको भिमदत्त १० सुकासाल, बेलौरी २ बैजुडाडा, ८ कलकत्ता र दोधारा चाँदनी १ भुमिराज टोलबाट भन्सार छली ल्याएका मुल्य रु।१,०६,७१६।– बराबरको पेय पदार्थ, बिडी, मसला, बच्चाको कपडा, खेलौना, सोन पापडी, जिरा, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।














