धनगढी । कञ्चनपुरका केही स्थानबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । भिमदत्त ५ सुकासाल चौराहा, १७ बासखेडा र बेलौरी १ फटैयाचोकबाट मुल्य रु.८८,७८०। मुल्यका सामान प्रहरीले बरामद गरेको हो ।
सो स्थानहरुबाट पेय पदार्थ, बेसन, चियापत्ती, बिष्कुट, चक्लेट, बिडी, सुर्ती, ईन्भटर, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।














