कंञ्चनपुर । कंञ्चनपुरका केही स्थानहरुबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
मंगलबार साँझ कञ्चनपुरको , बेदकोट १ चम्फापुर स्थित सडक किनाराबाट भारतबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.१,५९,५६०। सामान प्रहरीले बरामद गरेको हो ।
हार्डवेयर तथा किरानाका लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रहरीले जनाएको छ ।













