• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  •   आइतबार, असोज ०४, २०८३ मा प्रकाशित

परिचय
सुदूरपश्मिको अर्थ व्यवस्थाका आयामहरु सुदूरपश्चिम प्रदेशको आर्थिक आयामलाई विभिन्न पक्षबाट हेर्न सकिन्छ । यो प्रदेश प्राकृतिक स्रोत,कृषि र पर्यटनका दृष्टिले निकै धनी भएपनि आर्थिक विकासका हिसावले अझै पछाडि देखिन्छ । धार्मिक पर्यटनका हिसावले भारतका मानिसहरुको सानो दुरीको पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । यहाँ सुदूरपश्चिम प्रदेशको आर्थिक आयामका मुख्यपक्षहरु प्रस्तुत गरिएको छ ।

आर्थिक सूचकहरु :
हालैका तथ्याङकहरु आर्थिक वर्ष २०८१।८२ का अनुसार सुदूरपश्चिमको आर्थिक अवस्थाका सूचकहरु यस्तो देखिएको छ ।
कूल गार्हस्थ्य उत्पादनमा हिस्सा : नेपालको कूल जीडीपीमा यस प्रदेशको योगदान करिब ७.०३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१।८२ मा राष्ट्रिय प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ४ सय ९६ अमेरिकी डलर रहने अनुमान छ । साथै सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २.७६ प्रतिशतले वृद्धि भई १ हजार १ सय ५३ अमेरिकी डलर रहने अनुमान रहेको छ । परम्परागत कृषिमा निर्भरता, कमजोर औद्योगीक वातावरण र युवा जनशक्तीको आन्तरिक र बाह्य पलायन जस्ता कारणले प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय वृद्धि हुन नसकेको देखिन्छ । ( राष्ट्रिय तथ्याङ्क कार्यालय, २०८२)

आर्थिक वृद्धिदर : यस अर्थिक वर्षको वृद्धिदर उपभोक्ता मूल्यमा करिव ३.३२ प्रतिशत रहने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१।८२ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्र, द्धितीय क्षेत्र तथा तृतीय क्षेत्रको योगदान क्रमशः ३४.९५, १२.३० र ५२.७५ प्रतिशत रहेको छ भने यस अवधिमा यी क्षेत्रहरुको वृद्धिदर क्रमशः २.७८, २.०४ र २.८९ प्रतिशत रहने अनुमान छ । त्यसैगरी आर्थिक वर्ष २०८०।८१ मा द्धितीय क्षेत्र १.२४ प्रतिशतले ऋणात्मक रहेको थियो । सुदूरपश्चिम प्रदेशको मूल्य सुचकाङ्क राष्ट्रिय औषतभन्दा केही बढी रहेको छ ।

गत आर्थिक वर्षको फागुन महिनाको वार्षिक विन्दुगत तुलनामा सुदूरपश्चिम प्रदेशको उपभोक्ता मुल्य सुचकाङ्क ४.४१ प्रतिशतले वृद्धि भई १०४.२ पुग्न गएको छ । यस अवधिमा प्रदेशको ग्रामीण क्षेत्रको सुचकाङ्क १०५.० र सहरी क्षेत्रको सुचकाङ्क १०३.९ पुग्न गएको छ । राष्ट्रिय सुचकाङ्कभन्दा सुदूरपश्चिम प्रदेशको सुचकाङ्क १ अङ्कले बढी रहेको छ । आर्थिक वर्ष २०७९।८० फागुनको वार्षिक विन्दुगत तुलनामा आर्थिक वर्ष २०८०।८१ मा तलब तथा ज्याला सुचकाङ्क ९.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ । ( सुदूरपश्चिम प्रदेश, आर्थिक सर्वेक्षण, २०८१।८२)

प्रतिव्यक्ति आय : सुदूरपश्चिमको प्रतिव्यक्ति आय करिव ११५३ अमेरिकी डलर रहेको छ, जुन राष्ट्रिय औसत १४९६ अमेरिकी डलरभन्दा केही कम हो ।

प्रमुख आर्थिक क्षेत्रहरु
यस प्रदेशका अर्थतन्त्रका मुख्य मेरुदण्डहरु निम्नअनुसार छन :
कृषि : प्रदेशको जीडीपीमा कृषिको योगदान सवैभन्दा बढी करिव ३४.७२ प्रतिशत छ । कैलाली र कञ्चनपुर जिल्लालाई नेपालको अन्न भण्डार मानिन्छ । यहाँ धान,गहुँ, मकै र तेलहनको उत्पादन बढी हुन्छ ।

जलस्रोत र ऊर्जा : पश्चिम सेती, पञ्चेश्वर ( महाकाली) जस्ता ठूला जलविद्युत आयोजनाहरु यसै प्रदेशमा पर्दछन । यी आयोजनाहरु सफल भएमा यसले नेपालकै अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

पर्यटन : खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा, अपिनाम्पा संरक्षण क्षेत्र र बडिमालिका जस्ता धार्मिक तथा प्राकृतिक स्थलहरु पर्यटनका मुख्य स्रोत हुन् । यस प्रदेशको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रियाले व्यापारिक सम्भावना बढाएको छ ।

सुदूरपश्चिमको अर्थ व्यवस्थाका समस्या र चुनौतीहरु
सुदूरपश्चिमको अर्थतन्त्रमा केही गम्भीर चुनौतीहरु पनि छन, जसलाई सुधार गर्न सकेको खण्डमा यस क्षेत्रको विकासमा टेवा पुग्ने देखिन्छ ।
गरिबी र बसाइसराइ : नेपालको तथ्याङ्क हेर्ने हो भने यस प्रदेशमा उच्च स्तरको गरिबी रहेको देखिन्छ । सुदूरपश्चिमको ग्रामीण गरिबी जस्तै ः गा.पा. को ४०.२१ प्रतिशत, सहरी क्षेत्रको अर्थात न.पा. मा बसोबास गर्ने नागरिकको अवस्था हेर्ने हो भने ३०.८६ प्रतिशत गरिबी रहेको पाइन्छ ।

त्यसैगरी, समग्र सुदूरपश्चिमको गरिबी भने ३४.१६ प्रतिशत रहेकोछ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट तराईँतर्फ र भारतको कालापहाडमा रोजगारीका लागि र सहज जीवनयापनका कारण बसाइसराइ तीब्र दरले बढेको देखिन्छ ।

विकासका पूर्वाधारको कमी : सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाहरुमा अहिलेसम्म पनि सडक, सञ्चार, विद्युत र खानेपानीको पहुँच कमजोर देखिन्छ ।

लगानीको अभाव : यस क्षेत्रमा निजी लगानी तुलनात्मक रुपमा कम देखिन्छ ।
स्थानीय तहको वित्तीय हस्तान्तरण र राजस्वको बाँडफाँट
गत आर्थिक वर्षको चैत्र मसान्त सम्म प्रदेश सरकारले स्थानीयतहलाई समानीकरण,सर्शत, विशेष र समपुरक अनुदान गरी कुल रु. ९४ करोड १६ लाख हस्तान्तरण गरेको छ ।

निष्कर्ष : हालैका घटनाक्रमहरु मार्च २०२६ अनुसार, लिपुलेक नाकामार्फत भारत र चिनबीचको व्यापार पुनः सञ्चालन गर्ने तयारीले गर्दा सुदूरपश्चिममा नयाँ आर्थिक तरङ्ग ल्याएको छ । तरपनि यस क्षेत्रमा हुने भारतीय इन्धन अभाव र वैदेशिक द्वन्द्वका कारण केही नेपाली श्रमिकहरु घर फर्कने क्रम बढेकाले स्थानीय बजारमा चाप परेको देखिन्छ । खुला सीमाना सुदूरपश्चिमका लागि वरदान र अभिशाप दुवै सावित भएको छ । यदि सरकारले सीमानालाई थप व्यवस्थित गरी अवैध व्यापार रोक्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिन सकेमा यसले प्रदेशको कायापलट गर्न सक्छ ।

(लेखक गगनराज घिमिरे कैलाली वहुमुखी क्याम्पसका अर्थशास्त्र बिषयका विद्यार्थी हुन् ।)

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै
वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन
यस्तो छ आजको मौसम पूर्वानुमान
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.