• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

दोधरा–चाँदनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रले गति लिँदै

  •   सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित

महेन्द्रनगर – कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र यहाँको बेदकोट नगरपालिकामा निर्माण हुने छेला औद्योगिक क्षेत्रको कामले गति लिन थालेको छ । एक साताअघि कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह स्थलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राथमिकतामा राख्दै आयोजनास्थलको निरीक्षण गरेसँगै काम अघि बढेको हो ।

भारत सरकारको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँ भारतीय ‘राइट्स कन्सटेन्सी’ ले फिल्ड सर्वे गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ । भारतीय कम्पनीले ६ महिनामा डिपिआर तयार गरी बुझाउने भने पनि दुई÷तीन महिनाभित्रै आउनेमा आशावादी नेपाली पक्ष छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रधानमन्त्रीस्तरबाटै उक्त आयोजना प्राथमिकतामा परेपछि आयोजनाले गति पाउने बताए ।

‘तोकिएको समयभन्दा ढिलो गरेर आयोजनाका प्रक्रियागत काम अब रोकिनुहुन्न’, कार्यकारी निर्देशक गजुरेलले भने ‘हाम्रो समितिलाई भारतीय पक्षले ‘फोकल एजेन्सी’का रुपमा तोकेर सुचना आदानप्रदानको काम गर्दैछ ।’ यसअघि वीरगञ्ज, भैरवा, विराटनगर लगायतका स्थानका सुक्खा बन्दरगाहको डिजाइनसमेत भारतीय ‘राइट्स कन्सटेन्सी’ले नै गरेको थियो ।

त्यसैगरी यातायात विकास समितिका अनुसार दोधारा चाँदनी सुक्खा बन्दरगाहरएकीकृत जाँच चौकी आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाइएको छ । ‘अहिले राय, सुझाव सङ्कलनका लागि एकहप्ते सूचनासमेत जारी भएको छ’, गजुरेलले भने ‘स्थानीयस्तरबाट प्राप्त राय, सुझावसहित हामी मन्त्रालयमा पेस गर्छौं ।’

आयोजनास्थल निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षले बनाउने प्रतिबद्धतापछि समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका थिए । उक्त विषय आफ्नो आसन्न भारत भ्रमणका क्रममा उच्च प्राथमिकतामा राख्ने उनको भनाइ थियो ।

दोधारा चाँदनी नगरपालिकाको गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्र अधिग्रहण गरी बन्दरगाह निर्माण भइरहेको हो । बन्दरगाह निर्माणको प्रक्रिया थाल्न सरकारले चालु आर्थिक वर्षमा रु एक अर्ब बजेटसमेत विनियोजन गरेको छ ।

वन क्षेत्रको प्रस्तावित करिब दुई सय ८० बिघा क्षेत्रफलमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, सुरक्षा निकाय, पार्किङ याड, क्वारेन्टाइनलगायतका भौतिक संरचना निर्माण हुनेछन् । बन्दरगाह क्षेत्र महाकालीमा निर्माण भएको चार लेनको पक्की पुलदेखि एक किलोमिटर पश्चिमतर्फको दुरीमा पर्छ ।

त्यसैगरी अढाइ दशकभन्दा बढी समयदेखि चर्चामा मात्रै सिमित रहेको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको स्थापनाको काम अग्रसरताका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नै सक्रियता बढाएका छन । नौ सय बिघा क्षेत्रफलमा घोषणा गरिएको क्षेत्रमा तीन सय ५५ बिघामा उद्योग विस्तार गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

विसं २०७३ माघको मन्त्रिपरिषद्को बैठकले साविक चार किल्ला संशोधन गरी पूर्वतर्फ मुक्तकमैया बस्ती, धेउडीथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन र दक्षिणतर्फ चाँदनीफाँटा बस्ती कायम गरेको छ ।

यहाँ पहिलो चरणमा साना, मझौला तथा ठूला गरी एक सय उद्योग स्थापना गरिने र प्रति उद्योग पाँच कट्ठादेखि पाँच बिघा जमिन छुट्याइने लिमिटेडले जनाएको छ । छेला औद्योगिक क्षेत्रको निरीक्षणका क्रममा उद्योगमन्त्रीले सुदूरपश्चिममा उद्योगको अवस्था न्यून रहेको बताए । ‘उद्योगको ‘हब’का रुपमा कञ्चनपुर विकास हुने क्रममा छ’, उनले भने ‘यस क्षेत्रका कामलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्नेछु ।’

डेढ वर्षभन्दाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको छेला औद्योगिक क्षेत्रको निर्माणका लागि पनि चालू आर्थिक वर्षमा सरकारले एक अर्ब बजेट विनियोजन गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले औद्योगिक क्षेत्रमा पर्ने रुख कटानका लागि ‘नम्बरिङ’ को काम भइरहेको बताए ।

‘सुरुमा इआइए गर्दा २५ हजार रुख काटनुपर्ने थियो’, उनले भने ‘फिल्डमा खटिँदै गर्दा करिब ३५ हजारभन्दा बढी रुख कटान गर्नुपर्ने देखिन्छ ।’ उनले दुई समूहमा रुख नम्बरिङको काम भइरहेको बताउँदै एक साताभित्र उक्त काम सकिने जानकारी दिए । रासस

  • सुक्खा बन्दरगाह
सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.