कञ्चनपुर- कञ्चनपुरमा विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अन्दाजी पन्ध्र हजार रुपैयाँ मूल्य बराबरको प्लाष्टिकको कुर्ची,प्लाष्टिकको बाटा लगायतका सामान बरामद गरेको हो ।
त्यस्तै कृष्णपुर नगरपालिका–५ गजरौलास्थित मोहना खोला नजिकबाट अन्दाजी १८ हजार २६४ रुपैयाँ बराबरको सुर्ती, चिनी, बिस्कुट लगायतका सामानहरू शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी फेला पारी नियन्त्रणमा लिएको हो।













