कञ्चनपुर- कञ्चनपुरमा करिब ११ लाख मूल्यका अवैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिकाको वडा नम्बर ४ र १८ तथा वेदकोट नगरपालिकाको वडा नम्बर ७ बाट भन्सार छलीको १० लाख ९६ हजार पाँच सय मूल्य बराबरका विभिन्न सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव निरीक्षक प्रकाश डाँगीले बताए।
विभिन्न किसिमका कपडा, जुत्ता, साडी, प्लास्टिकका झोला र गिलास तथा काठका चम्चा लगायतका सामान लुकाइराखेको अवस्थामा बरामद गरिएको उनले बताएका हुन्। बरामद गरिएका सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।













