कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीको अवैध सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–५ बनगाउँमा भारतबाट भन्सार छली ल्याएका खाद्यय सामान बरामद गरेको हो।
अन्दाजी एक लाख ६० हजार ८ सय २५ रुपैयाँ बराबरका चिनी, मिस्री, पेठा, नरिवल, तरकारी लगायतको सामान बरामद गरेको हो। बरामद गरेको सामान भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ ।













