धनगढी- गैरआवासीय नेपाली संघ ९एनआरएनए०का पूर्व अध्यक्षले सुदूरपश्चिम प्रदेशमा लगानीकर्तालाई लगानी गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डलले आज गरेको छलफलमा एनआरएनएका पूर्व अध्यक्षद्वय जीवा लामिछाने र उपेन्द्र महतोले लगानीकर्ता भित्र्याउने वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्ने लगानी तथा विकास सम्मेलनबारे उनीहरुसँग छलफल गरेको थियो। छलफलको क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले लगानी तथा विकास सम्मेलनलाई सहयोग गर्न आग्रह गरेका थिए ।
छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री एवम् लगानी तथा विकास सम्मेलनका संयोजक नरेशकुमार शाहीको पनि उपस्थिति रहेको थियो।













