कैलाली– कैलाली–कञ्चनपुरबाट एक लाख बढी भन्सार छलिका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ बालुवाघाटबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २० हजार ३ सय ७० मूल्य बराबरको कपडा, मिठाई, नरिवल, सुर्ती लगायतका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–९ घुयाघाटबाट अन्दाजी ७ हजार मूल्य बराबरको प्याज र धनगढी उपमहानगरपालिका–१५ कनरीबाट अन्दाजी ९ हजार ५ सय मूल्य बराबरको बोईलर कुखुरा सोमवार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताइएको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१० भुजेलाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ८० हजार ४ सय ४० मूल्य बराबरको कपडा, चिनी, मिश्री, दाल लगायतका सामान सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।













