कञ्चनपुर- भन्सार छलेर भित्र्याइएको डेढ लाख बढीको माल सामान प्रहरीले बरामद गरेको छ । आइतबार भीमदत्त नगरपालिका-६ बनगाउॅबाट १ लाख ७१ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार कपडा र किराना सामान बरामद गरिएको हो । ज्याकेट, कोट पइन्ट, टिसर्ट आदि रहेका छन् । बरामद गरिएको सामान गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको छ ।














