कञ्चनपुर- कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-१० विद्युत कार्यालय नजिकबाट भारतबाट भन्सार छली ल्याइएका सामान बरामद गरिएको हो ।
चिनी, मिस्री, तेल, दाल, प्लाष्टिक लगायतका ९१ हजार २ सय ५० मूल्य बराबरका सामान सोमबार नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।














