धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ चौराहा नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका १२ हजार ८ सय ५० मूल्यको चिनी, प्याज, मिश्री, नरिवल, जिरा लगायतका सामान बरामद गरिएको छ।
उता कञ्चनपुरको पुनर्वास नगरपालिका-११ चौकीडाँडाबाट ६५ हजार ४०० मूल्यको लेडिज सुट, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ। उक्त सामान सोमवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।













