कञ्चनपुर- कञ्चनपुरको विभिन्न स्थानबाट ६ लाख बढीका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका-१७ मझँगाउबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ५ हजार मूल्यको कपाल बाध्ने रबर बरामद गरिएको छ।
यस्तै लालझाँडी गाउँपालिका-१ डाडा बिछुवाबाट पाँच लाख ६७ हजारको प्याज, मोटरसाईकल तीन थान र बेलौरी नगरपालिका-१, २ बैजुडाडा र भैसोरबाट २९ हजार ५०५ मूल्यको खानेतेल, अण्डा, बिस्कुट, खेलौना लगायतका सामान गरि जम्मा ६ लाख एक हजार ५०५ मूल्यको सामान मंगलवार प्रहरीले बरामद गरेको छ। उक्त सामा प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।














