धनगढी- कैलाली–कञ्चनपुरबाट डेढ लाख बढीको अवैध भन्सार छलिका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १४ हजार ४० रुपैयाँ बराबरको ४० जोर चप्पल र धनगढी–५ लालबोझीबाट अन्दाजी मूल्य १२ हजार रुपैयाँ बराबरको चिनी, प्याज, मिश्री, चिया पत्ती, साबुन,प्लाष्टिक लगायतका सामानहरू गरी जम्मा अन्दाजी मूल्य २६ हजार ४० रुपैयाँ बराबरको सामानहरू बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको हो ।
यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका–१० विद्युत कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य एक लाख ३२ हजार ४८ रुपैयाँ बराबरको चिनी, मिश्री, खाने तेल, दाल, नरिवल, चप्पल, किरानाका सामान लगायतका सामानहरू बिहीबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको हो ।













