कञ्चनपुर- कञ्चनपुरबाट एक लाख बढीको तस्करीको सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका–६ सुकासालबाट भन्सार छलिका अन्दाजी एक लाख दुई हजार १७० मुल्य बराबरका दुध पाउडर, तेल, सुर्ती, पेप्सि, सलाई, बिस्कुट, ब्रस, बिँडि, चियापत्ति, मिठाई, मटर, प्लास्टिक, नरिवल, सुट, लेहङ्गा लगाएतका सामान बेवारीसे अवस्थामा फेला पारी बरामद गरिएको हो। नियन्त्रणमा लिएको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।













