धनगढी- कैलालीका विभिन्न स्थानबाट अवैध भन्सार छलिका सामान बरामद गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ चौराहा नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी रु १० हजार ४२० बराबरको प्याज, मिश्री, मिठाई, सर्फ, चकलेट, खुर्सानी लगायतका सामानहरु बरामद गरेको हो ।
यस्तै टिकापुर नगरपालिका–७ सती बजारबाट अन्दाजी रु १९ हजार १०० बराबरको प्याज, सिद्रा माछा लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाइएको छ । जम्मा २९ हजार ५२० मूल्यको सामान बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको हो ।













